ललितपुर । ललितपुरको कुपण्डोलमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यू भएको छ । एक जना घाइते भएका छन् ।
गएराति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको गोदाबरी नगरपालिका वडा नं. ९ छम्पी घर भई मंगलबार बस्दै तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।