Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

ललितपुरको ठोस्नेखोलामा बेलिब्रिज बन्ने, अध्यक्ष सिङ्तानले गरे शिलान्यास

ललितपुरको ठोस्नेखोलामा बेलिब्रिज बन्ने, अध्यक्ष सिङ्तानले गरे शिलान्यास

दैनिकी न्यूज

२०, पौष २०७८
ललितपुरको ठोस्नेखोलामा बेलिब्रिज बन्ने, अध्यक्ष सिङ्तानले गरे शिलान्यास
images

ललितपुर । कोञ्ज्योसोम गाउँपालिका, वडा नं. १ चौघरेको ठोस्नेखोलामा बेलिब्रिज निर्माण हुने भएको छ । सोमबार एक कार्यक्रममा बीच कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले शिलान्यस गरेका हुन् ।

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको शंखु हुँदै महांकाल गाउँपालिकाको मानीखेल, बुखेलसम्म जनताहरु लाभान्विन हुने अध्यक्ष सिङ्तानले बताए ।

प्रदेश सरकारको समपुरक कोषबाट प्राप्त हुने ९९ लाख ६० हजार र गाउँपालिकाको १ करोड ५ लाखको कुल लागतमा बेलिब्रिज निर्माण हुन लागेको अध्यक्ष सिङ्तानको भनाई छ । उक्त पुल निर्माणका लागि जलप – खी चक्र जेभी कम्पनीसंग २ करोड ४ लाख ५३ हजार बराबरको ठेक्का सम्झौता भएको छ ।

कोन्ज्योसोम गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको यो पुल समयमै निर्माण सम्पन्न गर्नका लागि सिङ्तानले ठेकेदारलाई आग्रह गरे । सम्झौता अनुसार आगामी २०७९ जेठ १५ सम्म पुल निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - १५:०९:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology