Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

गुर्जुधारा यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

गुर्जुधारा यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ

दैनिकी न्यूज

२०, पौष २०७८
गुर्जुधारा यातायात कार्यालयबाट १६ जना बिचौलिया पक्राउ
images

काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा बसेर सर्वसाधारणलाई हैरानी दिँदै अशान्ति मच्चाएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

सोमबार कार्यालय समयमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी छन्।

त्यसैगरी धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र विवेक न्यौपाने, तनहुँका शुशान्तराज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ।

सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरुमाथि अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मैनालीले बताए। रासस

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - ०७:१९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology