Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

देशभर आंशिक बदलीको सम्भावना

देशभर आंशिक बदलीको सम्भावना

दैनिकी न्यूज

१९, पौष २०७८
देशभर आंशिक बदलीको सम्भावना
images

काठमाडौँ । देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविद्ले बताएका छन्।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो र राति देशभर आंशिक बदलीको सम्भावना रहे पनि घाम लाग्ने मौसमविद्ले बताएका छन्।

बिहानको समयमा देशका तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको भएपनि देशको पुर्वी र पश्चिम तराईमा अपरान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने साथै देशको मध्य तराई केही स्थानमा बेलुकासम्म रहने सम्भावना रहेको छ। चिसो बढ्ने क्रम रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - ११:१०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology