Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का

दैनिकी न्यूज

१६, भाद्र २०७७
डोटी केन्द्रविन्दु भएर भूकम्पको धक्का
images

डोटी । जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्र विन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गराएको बताइएको छ । सुदूरपश्चिम प्रदेशमा डोटी केन्द्रविन्दु भएर पहिलो पटक भूकम्प गएको हो । भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । रासस

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १८:३६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology