Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला

दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला

दैनिकी न्यूज

१५, भाद्र २०७७
दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला
images

दार्चुला । जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए। उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

अन्यको सामान्य अवस्था छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो । रासस

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १३:५७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology