Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा

देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा

दैनिकी न्यूज

१५, भाद्र २०७७
देशभर बदली, केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ । अन्य भु–भमगमा आंशिक बदली रहेको छ।

प्रदेश न. १, प्रदेश नं. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १६ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश , प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ 

भाद्र १७ गते (वुधबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेश, प्रदेश ५,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

images
प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - ०७:४७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology