Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

टानका विषयमा गलत अभिव्यक्ति दिने पर्यटन वोर्डका सिइओले माफी माग्नुपर्छ

टानका विषयमा गलत अभिव्यक्ति दिने पर्यटन वोर्डका सिइओले माफी माग्नुपर्छ

दैनिकी न्यूज

१४, भाद्र २०७७
टानका विषयमा गलत अभिव्यक्ति दिने पर्यटन वोर्डका सिइओले माफी माग्नुपर्छ
images

काठमाडौं । पर्यटन बोर्डका कार्यकारी अधिकृत सिइओ) डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायी र पर्यटन मजदुरहरुलाई होच्याउने गरी अभिव्यक्ति दिएको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले आपत्ति जनाएको छ ।
शुक्रबार बेलुका बीबीसी नेपाली सेवाको एक कार्यक्रममा डा. रेग्मीले पर्वतीय पर्यटन र यससँग आवद्ध व्यवसायी तथा मजदुरहरुलाई लक्षित गर्दै हाच्याउने गरी तल्लो स्तरको भाषा शैली प्रयोग गरेको थिए ।
आइतबार एक विज्ञप्ती जारी गर्दै टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले पर्यटन बोर्डको कार्यकारी जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाए । कोरोना महामारीको समयमा रेग्मीले दिएको अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी माग्नुपर्ने कार्कीले माग गरे ।

images
प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - २१:३५:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology