Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

यी स्थानमा आज लोडसेडिङ हुने

यी स्थानमा आज लोडसेडिङ हुने

दैनिकी न्यूज

१०, भाद्र २०७७
यी स्थानमा आज लोडसेडिङ हुने
images

काठमाडौं । कुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखको हाँगाविगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसलवान टोल, सिभिल होम्समा लोडसेडिङ हुने भएको छ ।

त्यस्तै टौखेल, सितापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट, भिमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यी स्थानमा आज बिहान १० बजेदेखी ५ बजेसम्म लोडसेडिङ हुने भएको छ ।

स्विचाटार–स्वयम्भु फिडरले ति स्थानमा सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुमा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - ०६:४६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology