Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर

दैनिकी न्यूज

९, भाद्र २०७७
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएको अभियोगमा गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराहीका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सवइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरुले निर्माणाधिन आयोजनाको बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको पाइएको छ । आयोगले उनीहरु विरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १८:४०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology