Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बोक्साको आरोप लगाउने ६ जना पक्राउ

बोक्साको आरोप लगाउने ६ जना पक्राउ

दैनिकी न्यूज

९, भाद्र २०७७
बोक्साको आरोप लगाउने ६ जना पक्राउ
images

सिन्धुली । बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।

सोही ठाउँ बस्ने लक्ष्मण बम्जनलाई बोक्सा भन्दै हातपात गरेको प्राप्त उजुरीका आधारमा उनीहरुलाई यही भदौ ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामहादुर खत्रीले बताए ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी बोक्सीको आरोप लगाइएको मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए । रासस

images
प्रकाशित मिति :भाद्र ९, २०७७ मंगलवार - १३:०८:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology