Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

सिन्धुपाल्चोक बाढी पहिरो विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

सिन्धुपाल्चोक बाढी पहिरो विस्थापितलाई तत्काल स्थानान्तरण गरिने

दैनिकी न्यूज

८, भाद्र २०७७
सिन्धुपाल्चोक बाढी पहिरो विस्थापितलाई तत्काल स्थानान्तरण गरिने
images

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यवस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्तीहरुको अध्ययनका लागि प्राविधिक टोली सिन्धुपाल्चोक पठाउने छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्कालीन राहतको व्यबस्था गर्ने छ । यस्तै जोखिमयुक्त बस्तीबाट स्थानान्तरण गरिने परिवारका लागि स्थानीय तहले सुरक्षित जग्गा व्यबस्थापको काम गर्नेछ ।
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सोमबार सिंहदरबारमा भएको उच्चस्तरीय छलफलमा जोखिमयुक्त बस्तीहरुको प्राविधिक अध्ययन तथा पुनःसर्वेक्षण गर्ने, पहिरोबाट वेपत्ता भएकाहरुको खोजी जारी राख्दै थप राहत सामग्री उपलब्ध गराउने समझदारी भएको हो ।
अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउने विषयमा पनि सहमति बनेको छ ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, वसन्त कुमार नेम्बाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङको सहभागिता रहेको थियो ।
यस्तै छलफलमा जुरे पहिरो पीडितका लागि सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम यथाशीघ्र निकासा गर्ने, सिन्धुपाल्चोकमा विस्थापितहरुको स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने विषयमा पनि समझदारी बनेको छ । बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, बागमती प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ उपस्थित हुनुहुन्थ्यो ।
सिन्धुपाल्चोकमा २०७७ साल असार र साउनमा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ बेपत्ता छन । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - २०:५२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology