Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

जबरजस्ती करणी गरेको अभियोगमा हरिसिद्धिबाट एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा हरिसिद्धिबाट एक युवक पक्राउ

दैनिकी न्यूज

७, भाद्र २०७७
जबरजस्ती करणी गरेको अभियोगमा हरिसिद्धिबाट एक युवक पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका–१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारीलाई १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

लोकेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित चाईनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा जबरजस्ती करणी गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वित्त सातदोबाटोले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १३:१२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology