Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

गाई काटेको अभियोगमा चार पक्राउ

गाई काटेको अभियोगमा चार पक्राउ

दैनिकी न्यूज

५, भाद्र २०७७
गाई काटेको अभियोगमा चार पक्राउ
images

काठमाडौँ।  गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

उनको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । रासस 

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०८:३६:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology