Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना, सचेत रहन आग्रह 

मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना, सचेत रहन आग्रह 

दैनिकी न्यूज

५, भाद्र २०७७
मौसम पूर्वानुमानः यी स्थानमा वर्षाको सम्भावना, सचेत रहन आग्रह 
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू–भागका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

भाद्र ०५ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०६ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०७ गते (आइतबार)

दिउँसोः देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - ०६:३०:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology