ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ९ बालकुमारी पुलस्थित ड्युटीमा खटिएको महानगरीय प्रहरी प्रभाग बालकुमारीका प्रहरीमाथि हातपात गर्ने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एकाक्सी प्रहरीलाई हातपात गरे पश्चात उनीहरुलाई पक्राउ गरेको हो ।
कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बि एण्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।