Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ

दैनिकी न्यूज

४, भाद्र २०७७
चन्द समूहका केन्द्रीय सदस्य उमा भुजेल पक्राउ
images

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहकी केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ।

भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र व्यवहारमा उनीहरू विरुद्ध मुद्दा चलाएको छ। अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो।

नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ। रासस

images
प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - १५:४५:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology