Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

दैनिकी न्यूज

३, भाद्र २०७७
मौसम पूर्वानुमानः भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।

हाल देशका अधिकांश भू–भागमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश नं. ५ कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा आसपासका भू–भागका मेघगर्जन साहित केहि स्थानहरु (बढी सक्रिय जिल्लाहरु कन्चनपुर, डडेलधुरा,डोटी,कैलाली, बर्दिया, अछाम, सुर्खेत) मा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन  दिनको मौसम पूर्वानुमान 

भाद्र ०३ गते (बुधबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । 

भाद्र ०४ गते (बिहीबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर  सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश,  प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै  स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेको छ । 

भाद्र ०५ गते (शुक्रबार)

दिउँसो : देशभर  सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

राती : देशभर  सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  



images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०८:४७:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology