Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन

दैनिकी न्यूज

१, भाद्र २०७७
अनियमितता भएको हुनसक्ने भन्दै अख्तियारद्वारा छानबिन
images

लहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो । सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए ।

औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए । यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो । रासस

images
प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १५:२७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology