काठमाडौं। काठमाडौं महानगरपालिका-२६ मित्रनगरबाट मोरङ पथरी नगरपालिका-३ घर भएका ४७ वर्षीय बिष्णु पोख्रेलको पुर्बेली बिष्णु दाईको कटेजमा जुवातास खेलिरहेको अवस्थामा पोख्रेल लगायत ६ जनालाई १० हजार ९ सय ४० रुपैयाँ नगद र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलाइरहेको छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।