Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हुण्डी कारोबारमा संलग्न ३ प्रहरी निलम्बित

हुण्डी कारोबारमा संलग्न ३ प्रहरी निलम्बित

दैनिकी न्यूज

१२, आषाढ २०७७
हुण्डी कारोबारमा संलग्न ३ प्रहरी निलम्बित
images

काठमाडौं । प्रदेश २ प्रहरी कार्यालय जनकपुरले ३ प्रहरी अधिकारीलाई निलम्बन गरेको छ। निलम्बन हुनेमा इलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत असई ललित शाह र सोही कार्यालयका जवान दिनेश हजारा र इलका प्रहरी कार्यालय देवाही गोनाही रौतहट दरबन्दी भई प्रहरी चौकी ब्रम्हपुरीमा कार्यरत असई सञ्जि कुमार झा छन्।

उनीहरु वित्तीय अपराध हुण्डी कारोबारमा संलग्न भएको पाइएकाले निलम्बन गरिएको प्रदेश २ का डिआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १५:५०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology