Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ

दैनिकी न्यूज

२९, श्रावण २०८०
बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
images

ललितपुर । बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका–२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका–६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ । उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - १९:२९:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology