Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ

दैनिकी न्यूज

७, माघ २०७८
चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ
images

चितवन । चितवनमा नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । १० थान एक हजार रुपैयाँका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :माघ ७, २०७८ शुक्रवार - १०:०५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology