काठमाडौं । मनकामना दर्शन प्रालिले पुस ४ देखि ७ गतेसम्म केबलकार बन्द हुने जनाएको हो। केबल स्तरोन्नतिका लागि ४ दिन सेवा बन्द गर्न लागिएको प्रालिले जारी गरेको सूचनामा उल्लेख छ।
अस्ट्रियाबाट आएको प्राविधिक टोलीले केबलकारको गियर बक्स र टावर मर्मत गर्ने कम्पनीले जनाएको छ।