Logo

बुधवार, आश्विन २८ गते २०८३

images

भादा नदीमा हामफाली बग्दै गरेकी महिलाको सकुशल उद्दार

भादा नदीमा हामफाली बग्दै गरेकी महिलाको सकुशल उद्दार

दैनिकी न्यूज

११, आषाढ २०७८
भादा नदीमा हामफाली बग्दै गरेकी महिलाको सकुशल उद्दार
images

बर्दिया । गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेर बग्दै गरेकी १ महिलाको बिहीबार दिउँसो प्रहरीले सकुशल उद्दार गरेको छ ।

अपरिचित महिला उक्त नदीमा हामफालेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट तत्कालै खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्दार गरी बर्दिया अस्पताल गुलरियामा लगि उपचार गराएको हो ।

उपचार पश्चात आवश्यक सोधपुछको क्रममा ४० वर्षीया ती महिला भारत बहराईच थाना मोतिपुर ग्राम बलैगाउँ बस्ने खुल्न आएपछि भारत बहराईच थाना मोतिपुर ग्राम पञ्चायतको गाउँ प्रधानसँग समन्वय गरी उनका श्रीमानलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - १२:१७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology