Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

दैनिकी न्यूज

१८, आश्विन २०७७
अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन
images

काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ ।

४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा। भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए ।

उनले भने, ‘सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामीण स्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवाप्रदान गर्दै आएको छ ।’

हाल देशभर गर्भपतन सेवा प्रदान गर्न ४ हजार रुपैयाँको हाराहारीमा चिकित्सक नर्स तथा अनमीलाई तालिम प्रदान गरिएको छ । यस्तै, १ हजार ५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रतिवर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४२ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ ।

४८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाउँका बारेमा ज्ञान छ । १९ प्रतिशत महिलाहरू अनिच्छित गर्भ हुने गरेको तथ्यांकमा देखिएको छ । हाल ६५ जिल्लामा निःशुल्क गर्भपतन सेवा उपलब्ध छ । विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरूले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको तथ्य सार्वजनिक भएको छ । विश्वमा भएका मातृ मृत्युमध्ये करिब ८ प्रतिशत असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०६:२८:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology