Logo

शनिवार, कार्तिक १ गते २०८३

images

तीन जना संक्रमित भेटिएपछि प्रहरीले गरायो टोखा क्षेत्र सिल

तीन जना संक्रमित भेटिएपछि प्रहरीले गरायो टोखा क्षेत्र सिल

तीन जना संक्रमित भेटिएपछि प्रहरीले गरायो टोखा क्षेत्र सिल
images

काठमाडौं, जेठ १२ । कोरोना संक्रमित भेटिएपछि प्रहरीले काठमाडौंको टोखाको ३ नम्बर वडा पुर्ण रुपमा सिल गरेको छ ।

आज १२ बजेबाट उक्त एरिया प्रहरी प्रभाग गोंगबुद्वारा सील गरिएको प्रहरीले जनाएको छ । संक्रमित युवा हात हेराउने ज्योतिषी रहेका थिए ।

टोखा ३ को धनेश्वरस्थित शिवप्रसाद सुवेदीको घरमा भाडामा बस्ने वर्ष २८ का एक व्यक्तिलाई कोरोना पोजिटिभ देखिएको सोमबार पुष्टि भएको थियो । जेठ ७ गते गराईएको पीसीआर परिक्षणमा ती युवकलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनकी श्रीमती बैशाख २४ गते त्रिवि शिक्षण अस्पताल टिचिङमा बच्चा जन्माएकी थिइन । टोखाको कोठामा युवकसँग ५ जना बस्ने गरेका थिए ।

यो संगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको संख्या ३५ पुगेको छ।

आज (सोमबार) बिहान एकैपटक ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमतिको संख्या ३५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षका पुरुष मा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

यसअघि आइतबार पनि काठमाडौं सोह्रखुट्टेका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै आइतबार नै कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककानी-३ का ३९ वर्षीय पुरुषलाई पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याइएको छ।

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १७:१६:०६ बजे

 

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology