Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

दैनिकी न्यूज

४, माघ २०७८
स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ
images

काठमाडौं । प्रहरीले रौतहट जिल्लाको बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगदसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

३ लाख ६८ हजार ६०० रुपैयाँसहित भारतको बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमवार अपरान्ह प्रहरीले पक्राउ गरेको हो ।

नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई स्थानीय प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित निजलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १५:५८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology