Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

नियन्त्रित लागूऔषध सहित बालकुमारीबाट दुईजना पक्राउ

नियन्त्रित लागूऔषध सहित बालकुमारीबाट दुईजना पक्राउ

दैनिकी न्यूज

२, माघ २०७८
नियन्त्रित लागूऔषध सहित बालकुमारीबाट दुईजना पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका-८ बालकुमारीबाट नियन्त्रित लागूऔषध ९७ एम्पुल डाईजेपाम, ९७ एम्पुल नुर्फिन र ९७ एम्पुल फेनारगन सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गौशाला बस्ने भारत घर भएका २४ वर्षीय अजित राम र बारा घर भएका २१ वर्षीय अनिल कुमार राय रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १७:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology