Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

किन एक करोडको कोष स्थापना गर्दैछ उदयपुर एमाले ?

किन एक करोडको कोष स्थापना गर्दैछ उदयपुर एमाले ?

दैनिकी न्यूज

३०, पौष २०७८
किन एक करोडको कोष स्थापना गर्दैछ उदयपुर एमाले ?
images

उदयपुर । नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनबाट गठित नयाँ जिल्ला कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताका लागि विभिन्न समस्यामा आर्थिक सहयोगको आवश्यकता पर्दा उपलब्ध गराउन रु एक करोडको संरक्षण कोष स्थापना गर्ने भएको छ।

नवनिर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले पार्टी कार्यकर्तालाई भैपरी आउने आर्थिक सङ्कट धान्न र पार्टीले सहयोग गर्नका लागि उक्त कोष स्थापना गरिने बताए। कोषका लागि जिल्लाका प्रत्येक सदस्य र अन्य दाताबाट समेत सङ्कलन गरिने जनाइएको छ।

माघ मसान्तभित्र नै यो अभियान सञ्चालन गरिने अध्यक्ष घिमिरेले बताए। पार्टीलाई सुदृढ बनाउन पनि सो अभियान सुरु गर्न लागेको एमालेले जनाएको छ। विसं २०७९ भित्र जिल्लामा पार्टीको साधारण सदस्यको सङ्ख्या तीस हजार पुर्‍याइने र जिल्लामा एक घर एक सदस्य अभियान अगाडि बढाइएको उनले बताए। रासस

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०८:२९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology