काठमाडौँ । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी घटेपछि त्रिभुवन विमानस्थलमा विहानदेखि अवरूद्ध भएको उडान तथा अवतरण शुरू भएको छ ।
भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान भएका थिएनन् । सामान्यता उडानका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिने गर्छ । अहिले सो भिजिबिलिटी पुगेपछि उडान शुरू भएको विमानस्थल प्रशासनले जनाएको छ ।
विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्ड भएका ४ विमानहरू अवतरण भएका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ ।
आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर लागेको बाक्लो हुस्सु बिहान ११ बजेपछि क्रमिक रूपमा खुलेको छ ।