Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

महोत्तरीमा राति एकसाथ पाँच पसलमा आगो लगाइयो

महोत्तरीमा राति एकसाथ पाँच पसलमा आगो लगाइयो

दैनिकी न्यूज

१३, पौष २०७८
महोत्तरीमा राति एकसाथ पाँच पसलमा आगो लगाइयो
images

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा सोमबार राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगो लगाएको छ।

जिल्ला प्रहरी कार्यालय (महोत्तरी) का प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले राति करिब ९ बजेतिर आगो लगाएका हुन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेन्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको पससधनीरूले बताएका छन्।

पसलमा राति कोही नभएको मौका पारेर आगजनी गरिएको हो। आगो निभाउन नसक्दा सबैथोक जलेर नष्ट भएको प्रहरीले जनाएको छ। रासस

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - १०:५७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology