काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भू–भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा महाशाखाले अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ पौष १३ गते (मंगलबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।सुदुर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १४ गते (बुधबार)
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
२०७८ पौष १५ गते (बिहीबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।