Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

बिहीवारदेखि मौसममा क्रमिकरुपमा सुधार हुने

बिहीवारदेखि मौसममा क्रमिकरुपमा सुधार हुने

दैनिकी न्यूज

१२, पौष २०७८
बिहीवारदेखि मौसममा क्रमिकरुपमा सुधार हुने
images

काठमाडौं । पछिल्ला केही दिनयता पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी बिहीवारदेखि क्रमिकरुपमा सुधार हुने भएको छ ।

सो प्रणाली बिहीवारदेखि कमजोर बन्दै जाने सम्भावना रहेको मौसमविद् शविना शाक्यले जानकारी दिइन् । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ ।

तराईमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताए ।

मंगलवार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम १७ दशमलव चार डिग्री सेल्सियस छ ।

सोमवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा बढी भैरहवाको २८ दशमलव तीन डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जानकारी दिएको छ । रासस

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - २१:०४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology