Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दैनिकी न्यूज

१२, पौष २०७८
कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
images

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । कागेश्वर मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १२:५१:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology