Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कौडा खेलिरहेका ८ जना पक्राउ

कौडा खेलिरहेका ८ जना पक्राउ

दैनिकी न्यूज

१२, पौष २०७८
कौडा खेलिरहेका ८ जना पक्राउ
images

मकवानपुर । बकैया गाउँपालिका ९ बैरुङ्दमारस्थित खुल्ला चौरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय दावा लामा बम्जन समेत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त चौरमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फापरबारी, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार ६ सय ३५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - १२:४२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology