Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

दैनिकी न्यूज

९, पौष २०७८
सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

आज बिहान ८ः३० बजे बा२ख ३६८९ नम्बरको ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले बताए।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन्।

जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए। कार्की गाडीधनी हुन्।

अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ। रासस

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - ११:४४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology