Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चार गुणाले बढ्यो विदेश जानेको संख्या

चार गुणाले बढ्यो विदेश जानेको संख्या

दैनिकी न्यूज

८, पौष २०७८
चार गुणाले बढ्यो विदेश जानेको संख्या
images

काठमाडौं । कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन रेमिट्यान्स आफ्नै लयमा फर्कन संकेत देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत वर्षका सुरुका चार महिनामा प्रतिदिन औसत ३ सय ५८ जना युवा विदेश गएका थिए । चालु वर्ष या संख्या १ हजार २०३ पुगेको छ । यो कार्तिकमा मात्र श्रम स्वीकृति लिएर चार हजार २९५ महिलासहित ५४ हजार ९१८ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो वर्ष विदेश जानेको संख्या झण्डै कोभिडअगाडिको जस्तै छ । आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - ०७:०५:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology