बर्दिया । लेनदेन मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको शुक्रबारको फैसला आदेशले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं। ६ बस्ने उमेश चन्द शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया कार्यालयबाट खटिएको प्रहरीको टोलिले आइतबार उनलाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले जानकारी दिए ।