Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चिसो बढेपछि तराईका जनजीवन प्रभावित

चिसो बढेपछि तराईका जनजीवन प्रभावित

दैनिकी न्यूज

४, पौष २०७८
चिसो बढेपछि तराईका जनजीवन प्रभावित
images

धनुषा । अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् ।

चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ । रासस

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - १०:३१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology