Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

हेटौँडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

हेटौँडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

दैनिकी न्यूज

२९, मंसिर २०७८
हेटौँडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
images

मकवानपुर।  मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।


उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौंडाबाट मनहरितर्फ जाँदै गरेको प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस 

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १७:१६:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology