Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

कांग्रेस सभापति पदको मतगणना राति १० बजेपछि

कांग्रेस सभापति पदको मतगणना राति १० बजेपछि

दैनिकी न्यूज

२८, मंसिर २०७८
कांग्रेस सभापति पदको मतगणना राति १० बजेपछि
images

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत दोस्रो चरणमा भइरहेको मतदानको गणना आजै गरिने भएको छ ।

राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।

सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धा छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा भने देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्याशी थिए ।

पहिलो चरणमा देउवाले २२ सय ५८ मत पाएका थिए । त्यस्तै, कोइरालाले १७ सय २, निधिले २ सय ४९, सिंहले ३ सय ७१ र गुरुङले २२ मत पाए ।

देउवालाई पहिलो चरणमा उम्मेदवार रहेका विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले समर्थन गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १९:१४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology