Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक

काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक

दैनिकी न्यूज

२७, मंसिर २०७८
काँग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायक
images

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा ४ सय ९० जना प्रतिस्पर्धामा छन्।

५ सय ४८ जनाले शनिबार विभिन्न पदमा उम्मेदवारी दिए पनि सभापति र सहमहामन्त्रीका एकएकसहित ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रदेश नम्बर २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन्। उनीहरू दुवै देउवानिकटका हुन्।


अब १ सय ३२ पदमा मात्र निर्वाचन हुनेछ। सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई समर्थन गर्दै आइतबार फिर्ता लिएका छन्।


अब सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।


अन्य प्रत्याशी भने देउवालाई पहिलो चरणमा रोक्ने कसरतमा जुटेका छन्। पहिलो चरणमा देउवालाई रोक्दै दोस्रो चरणमा उनीविरुद्ध मोर्चाबन्दी गर्ने रणनीति अख्तियार गरेको निकट स्रोतहरूको दाबी छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - ०८:१८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology