Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम, महामन्त्रीमा गगन र मिनेन्द्र

शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम, महामन्त्रीमा गगन र मिनेन्द्र

दैनिकी न्यूज

२५, मंसिर २०७८
शेखर कोइरालाले टुंग्याए पदाधिकारीको टीम, महामन्त्रीमा गगन र मिनेन्द्र
images

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाले उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका छन ।

शनिबार दिउँसो भएको नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो ।

त्यस्तै सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, आदिवासी जनजातिबाट विकास लामा, थारुबाट तेजुलाल चौधरी, मुस्लिमबाट शेख वकिल र पिछडिएको क्षेत्रबाट बद्री पाण्डेको नाम फाइनल भएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०७८ शनिवार - १५:११:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology