नुवाकोट । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका–२ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलामीले ती किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।