Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

अख्तियार हेटौंडामा पाँच महिनामा ९१७ उजुरी

अख्तियार हेटौंडामा पाँच महिनामा ९१७ उजुरी

दैनिकी न्यूज

२४, मंसिर २०७८
अख्तियार हेटौंडामा पाँच महिनामा ९१७ उजुरी
images

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा चालू आर्थिक वर्षको हालसम्म अर्थात विगत पाँच महिनामा ९१७ वटा उजुरी परेका छन्।

भष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोगको कार्यालय हेटौंडाद्वारा बिहीबार यहाँ आयोजित ‘भष्ट्राचार नियन्त्रण र सुशासन’ विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो।

कार्यालयबाट प्राप्त प्रतिवेदन अनुसार कार्यालयमा चालू आर्थिक वर्ष २०७८–७९ को साउनदेखि मङ्सिर २० गतेसम्ममा परेकोमध्ये ३३० वटा उजुरी फर्छ्यौट भएका छन् भने ५८७ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।

कार्यालय प्रमुख रविन्द्र शर्माद्वारा प्रस्तुत प्रतिवेदनमा ११ जिल्ला कार्य क्षेत्र रहेको सो कार्यालयमा बारा जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको जानकारी दिइएको थियो।

विगत पाँच महिनामा परेको कूल उजुरीमध्ये बाराको २४९, पर्साको १८७, मकवानपुरको १७३, रौतहटको १६०, चितवनको ९०, दोलखाको १६, धादिङको १५, काभ्रेपलान्चोकको १२, रामेछापको १२, सिन्धुपाल्चोकको दुई र नुवाकोटको एक उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

भष्टाचार एवम् अनियमितताका सम्बन्धमा सबैभन्दा बढी बाराको २४९ उजुरी परेको छ भने मन्त्राालयगत अनुसार सङ्घीय मामिलाको ९स्थानीय तह०को सबैभन्दा बढी ४४४ उजुरी परेको कार्यालयका प्रमुख शर्माले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महत र अख्तियार हेटौंडाका सिनियर डिभिजिनल अधिकृत मोहनदत्त भट्ट र उपसचिव विष्णुप्रसाद सापकोटाले भष्टाचारविरुद्ध आ(आफना विचार व्यक्त गरेका थिए। रासस

images
प्रकाशित मिति :मंसिर २४, २०७८ शुक्रवार - ०९:४३:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology