Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

देशभर चिसो बढ्यो, यस्तो छ तीन दिनको मौसम

देशभर चिसो बढ्यो, यस्तो छ तीन दिनको मौसम

दैनिकी न्यूज

२३, मंसिर २०७८
देशभर चिसो बढ्यो, यस्तो छ तीन दिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ मंसिर २३ गते (विहीबार)

दिउँसो : प्रदेश नं १ को  भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

रातीः : प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिक देखि सामान्य बदली,  बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र प्रदेश नं २  का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

२०७८ मंसिर २४ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ मंसिर २५ गते (शनिबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ। 

 

images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - ०९:२०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology