Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण

सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण

दैनिकी न्यूज

२३, मंसिर २०७८
सप्तरीको गाउँव्लकमा जग्गा धनी प्रमाण पुुर्जा वितरण
images

सप्तरी । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउपालिकाको गाउव्लकमा रहेका भू्मिहिनहरुलाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी छिन ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउव्लकमा रहेका ७०० घर परिवारलाई बिहीबार र शुक्रबार जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्न सुरु गरेकी हुन् ।

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले यहि पुुस मसान्तसम्ममा देशभरीका नापी भइसकेका गाउँव्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन ।

नापी भइसकेका गाउव्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियान शुरु गरिएको र यस अभियानमा भूूमि भएरपनि भूूमि विहिन बनीरहेकाहरु कोही पनि छुुट्ननहुनेमा जोड दिदै उनले नापी हुन बाँकी गाउँव्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडी बढिसकेको जानकारी दिइन ।

मन्त्री श्रेष्ठले भूूमिहिन दलित, सुकुुम्बासी र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुुरु गरिसकेको र मुक्त हलीया, कमलरी, कमैयाको पक्षमा काम गर्न र उनीहरुको बस्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि बताइन ।

उनका अनुसार तल्ला तहका नागरिक र वाास्तविक पिडितको आवश्यकता र आवाज सम्बोधन गर्नुपर्छ भनेर छिटो काम गर्न लामा र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्न लागेको छ ।

संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न भूमिसँग जोडिएका समस्या समाधान गरेर समृद्ध मुलुक स्थापना गर्ने लक्ष्यमा आफुु प्रतिबद्ध भएर लागेको मन्त्री श्रेष्ठको भनाइ थियो ।


images
प्रकाशित मिति :मंसिर २३, २०७८ बिहिवार - ०९:१३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology