Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

दैनिकी न्यूज

२१, मंसिर २०७८
गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ
images

काठमाडौं । गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने काठमाडौं महानगरपालिका-७ गगाँहिटि ठेगाना भएका ४० वर्षीय मिलन जोशी र काठमाडौं महानगरपालिका वडा नं. ४ बालुवाटार बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ माटी ठेगाना भएका रबिन्द्र बस्नेत रहेका छन् ।

उनीहरुले काठमाडौं पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई हामीहरु यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भनि पटक पटक धम्की दिदै आएको र मंसिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपात समेत गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं मित्रपार्कबाट पक्राउ गरेको हो ।

उनीलाई आपराधिक लाभ लिएको कसूर मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - १९:३९:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology