Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

श्रीमती मृत फेला परेको भन्दै आफैं फोन गरेका हत्या आरोपित श्रीमान कुपण्डोलबाट पक्राउ

श्रीमती मृत फेला परेको भन्दै आफैं फोन गरेका हत्या आरोपित श्रीमान कुपण्डोलबाट पक्राउ

दैनिकी न्यूज

२१, मंसिर २०७८
श्रीमती मृत फेला परेको भन्दै आफैं फोन गरेका हत्या आरोपित श्रीमान कुपण्डोलबाट पक्राउ
images

ललितपुर । ललितपुरको कुपण्डोलमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु घर भई हाल ललितपुर–१० कुपण्डोलमा डेराकोठा गरी बस्ने ३५ वर्षीय जानुका भुजेलको हत्या भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले उनका ३५ वर्षीय श्रीमान एक्काराज भुजेललाई पक्राउ गरेको छ। जानुका गत बिहीबार दिउँसो कोठामा मृत फेला परेकी थिइन्।

शव फेला परेको सूचनापछि प्रहरीको टोली खटिएको थियो। सूचना श्रीमान एक्काराज आफैंले प्रहरीलाई दिएका थिए।

एक्काराजमाथि कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - ०९:०५:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology